Friday, 10 January 2025

महेन्द्र राजमार्ग अन्तर्गत दुम्कीबास पूर्वपट्टिको पुल भाँसिएको र यातायात ठप्प भएको छ।


 महेन्द्र राजमार्ग हाइवे अन्तर्गत नवलपरासी पूर्व विनय त्रिविनी गाउँपालिका दुम्कीबास पूर्वमा रहेको पुरानो पुल भत्कदा अहिले यातायात ठप्प भएको छ। यातायातको आवतजावत क्रममा पुलमा गाडी गुड्ने क्रममा पुलले धेरै वजन थाम्न नसकेको र पुरानो भएको कारण पुल भत्कन गएको देखिन्छ। 



जानकारी स्रोतको अनुसार धेरै लोड बोकेको इन्डियन ट्रक पुल माथि गुडिरहेको र पछिपछि नेपाली ट्रक पनि गुडिरहेको अवस्थामा पुलले वजन थाम्न नसकेर भाँसिएर २० मिटर तल पुगेको छ। तर मानवीय क्षति भने कसैलाई भएको छैन। जसको कारण यातायात पूर्णरूपले बन्द रहेको छ। अब, यथाशीघ्र यातायात सञ्चालनका लागि विकल्प बाटो बनाईकन पुन यातायात सञ्चालनमा आउनेछ, यसको लागि केही समयदेखि केही दिन पनि लाग्ने सम्भावना देखिन्छ।

Wednesday, 8 January 2025

मौसम खराबको कारण दाउने बाटो बन्द

 

आज २०८१ पुस २४ गतेको दिन यस बर्दघाट नवलपरासी ब सु प क्षेत्र देखि पूर्वतिर उकालो जाने महेन्द्र राजमार्ग दाउने र दुम्की बाससम्मको बाटो निर्माणाधीन भएको र यो मौसमको कारणले गर्दा बाटोमा धेरै खराबी भएको हुनाले आजको दिन केही समयको लागि गाडी यातायात बन्द गरिएको छ।
 

मौसम राम्रो भएपछि पुन गाडी सुचारु हुनेछ मौसमविदको अनुसार केही दिन यस्तै सित, तुषार, पानी, हावासहित परिरहनेछ मौसमको प्रतिकूल असरको कारण र निर्माणाधीन बाटो भएकोले बाटो हिलाम्य भएर यातायात साधन हिँड्न नसक्ने अवस्था छ। जसको कारण दुर्घटनाहरू बढी हुन सक्ने सम्भावना भएकोले दुर्घटना क्षति कम गर्नको लागि केही समय वा दिनको लागि यातायात बन्द गरिएको छ। पछि गाडी व्यवसाय समितिको निर्णयअनुसार बाटो सुचारु हुनेछ।