सम्मेलनमा अमेरिका, बेलायत, रसिया, जापान, अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, मेक्सिको, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की र युरोपियन युनियनका राष्ट्र प्रमुखहरुले सम्मेलनमा भाग लिनेछन्।
सम्मेलन आयोजनास्थल चच्याङ प्रान्त चीनको याङ्त्से नदीको दक्षिणी भागमा र पूर्वी चीन सागरको सिमामा अवस्थित छ। प्रान्तीय सदरमुकाम हान्जाओवासीको हार्दिकता, त्यहाँ रहेका ऐतिहासिक धरोहरहरु, विकास संरचनाहरु, हान्जाओप्रतिको पर्यटकको सकारात्मक दृष्टिकोणले चच्याङ प्रान्त चीनमा मात्र होइन बाँकी विश्वका लागि पनि आकर्षणको केन्द्र बन्दै गएको छ। जी-२० को आसन्न सम्मेलनले चच्याङ प्रान्तको नाम अझ उँचो बनाएको छ।
आधुनिक हान्जाओ सम्मेलनका विविध पाटा
चीन कुनै पनि सम्मेलन आयोजना गर्नका लागि सुरक्षित, निकै भरपर्दो र आकर्षक मुलुकका रुपमा परिचित हुँदै आएको छ। यतिखेर जी-२० को सम्मेलनका लागि हान्जाओ सहर झकिझकाउ भइरहेको छ। चीनले जी-२० को शिखर सम्मेलनलाई ध्यान दिँदै केही विषयलाई महत्वका साथ अघि सारेको छ।पर्यटकीय स्थल
पर्यटकीय स्थल वेस्ट लेक
विश्व सम्पदा सूचीमा सूचीकृत वेष्ट लेक, सिथाङ जलसहर, हजार-टापु लेकका साथै चीनले अन्य स्थानीय पर्यटकीय स्थलहरुलाई प्रस्तुत गरेर विश्वका पर्यटकलाई समेत निमन्त्रणा गरेको छ। त्यस्तै चीनका १० पवित्र वौद्ध मन्दिरमध्येको एक लिङ्गयिन टेम्पल, वौद्ध पहाड फुथ्वो माउन्टेन, विश्वका सर्वाधिक डरलाग्दा ज्वार निस्किने नदीमध्येको एक छियानथाङ नदी, चीनको हलिवुड मानिने हङ्त्यान वर्ल्ड स्टुडियो, सिलिङ सिल आर्ट्स सोसाइटी, पाषाणकालीन उत्खननबाट निकालिएको ह मू तू साइट आदिलाई उजागर गरिएको छ। यसले विश्व समुदायलाई चच्याङ एक आकर्षक पर्यटकीय गन्तव्य हो भनेर सन्देश दिनेछ।अंग्रेजीमैत्री सहर
स्वयंसेवकको गतिविधि
जी-२० सम्मेलन तयारीका लागि अंग्रेजीमा पोख्त स्वयंसेवकहरु खटिरहेका छन्। चिनियाँ जनजिब्रोले अङ्ग्रेजी उच्चारण गरिएका हाँसोलाग्दा किस्साहरु चिनियाँ सामाजिक सञ्जालमा निकै लोकप्रिय छन्। सम्मेलनको पूर्वसन्ध्यामा आइपुग्दा हान्जाओ सहर एउटा अङ्ग्रेजीमैत्री सहरका रुपमा रुपान्तरित भएको छ। प्रचार अभियान खानाका परिकार
चच्याङको खाना-परिकार चीनका आठ प्रसिद्ध पाकशालामध्येको एक हो। चिनियाँ मौलिकता बोकेका अनेकौँ प्रकारका खाद्यपरिकारले पर्यटकलाई पर्खिरहेका छन्। चच्याङमा रहेका विदेशीले त्यहाँका स्थानीय परिकार पकाएको र खाएको अनि व्याख्या गरेको विषय पनि चीनमा निकै ध्यान तान्ने विषय बनेको छ।
हान्जाओ पुनरुत्थान
हान्जाओ परम्परागत घर
कुनै पनि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नु भनेको त्यस ठाउँमा विकास र समृद्धिको ढोका खुल्नु पनि हो। हान्जाओमा तत्कालीन सुङ राजवंश (सन् ११२७-१२७९) को अवधिमा बनेका पुराना घरहरुलाई पुनःनिर्माण गरेर इतिहासलाई आधुनिकतासँग मिलाउने काम भएको छ। प्राचीन कलालाई कायमै राखी ऐतिहासिक धरोहरहरुको पुनःनिर्माण गरिएको छ। स्थानीयवासीका घरहरु, प्राचीन भावना बोकेका गल्लीहरु र हान्जाओका विशेषतायुक्त स्थलहरुलाई पनि उत्तिकै जगेर्ना गर्ने हिसाबले सजाइएको छ। संरचनात्मक सुधारले हान्जाओ आधुनिक सहरमा रुपान्तरण भएको छ।चच्याङ संस्कृति
परम्परागत विवाहको झाँकी
चिनियाँहरुले कुनै कार्यक्रम आयोजना गर्दा परम्परागत कुरालाई अघि सार्ने गर्छन्। पौराणिक चलनहरु अहिले व्यवहारमा नरहे पनि पर्यटकलाई आकर्षित गर्न नाटकीय रुपमा प्रस्तुत गर्ने गरिन्छ। चच्याङमा अहिले युए ओपेरा, रेशमी छाता, परम्परागत हाइनिङ छायाँ कठपुतली, परम्परागत विवाह समारोह आदि मञ्चन गर्ने गरिएका अनेकन् गतिविधि देख्न सकिन्छ।पाहुनाको स्वागत
पाहुनालाई न्यानो सत्कार दिने चिनियाँ परम्परालाई कायम राख्दै हान्जाओवासी अहिले विश्व अर्थतन्त्रका हिमायतीहरुलाई स्वागत गर्ने पर्खाइमा छन्। बाटोघाटोमा आधुनिक शैलीका सिनेमा घर, पार्क लगायतका आधुनिक सेवा सुविधाहरु थपिएका छन्। उनीहरुले सम्मेलनमा आउने विश्वका नेताहरुका चित्र वा मूर्तिहरु बनाएर हार्दिकता देखाएका छन्।